२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पर्यटन विकासमा होटेल क्षेत्रको भूमिका महत्त्वपूर्ण’ : पर्यटन मन्त्री पाण्डे

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासका निम्ति होटेल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । 

एकता होटेल तथा गेस्टहाउस व्यवसायी संघको १३औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले गुणस्तरीय सेवा र आतिथ्य संस्कारको माध्यमबाट पर्यटकलाई आकर्षण गर्नुपर्नेमा जोड दिए।

पर्यटन मन्त्री पाण्डेले भने, “होटेल व्यवसायमा पाहुनालाई शिष्टाचार कस्तो दिइन्छ, व्यवहार र सेवा सत्कार कस्तो छ, त्यसैमा पर्यटक निर्भर हुन्छन् । प्रकृति र संस्कृतिको विविधतालाई पर्यटनसँगै जोडेर लैजानुपर्छ ।”

उनले पर्वतारोहणका लागि नेपालभन्दा उत्तम अर्को गन्तव्य नरहेको बताउँदै साहसिक, धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धनमा जोड दिए । पर्यटन मन्त्री पाण्डेले सरकार नीतिगत सुधार गरी निजी क्षेत्रसँगको साझेदारितालाई बलियो बनाएर पर्यटन विकासमा केन्द्रित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले नेपालको परम्परागत खाना संस्कृतिको प्रवर्द्धन गर्दै मौलिक ढंगले पर्यटन प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए । 

संघका अध्यक्ष सरोज आलेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै एक ढिक्का भएर व्यावसायिक समृद्धिका लागि अघि बढ्न अपिल गरे । अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।