काठमाडौँ । नवलपरासी (बर्दघाट(सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन्।
एक जना आज बिहान पुलबाट र अर्को साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गैंडाकोटकीका अनुसार आज साँझ ७स्४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएकी हुन्।
बिहान पुलबाट हाम फाल्ने किशोर गैँडाकोट-५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेका छन् ।







