२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हितेन्द्रदेव शाक्यको दाबी-‘लोडसेडिङ कतै छैन, लोड थाम्न नसकेर लाइन गएको हो’

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देश भरी कहीँ पनि लोडसेडिङ नभएको दाबी गरेका छन् ।

विद्युत् आपूर्तिमा समस्या आएको भन्दै आज चितवन आइपुगेका उनले कहिलेकाहीँ आउने प्राविधिक समस्यालाई लिएर कुप्रचार गरिएको दाबी गरेका छन् ।

भरतपुरमा पत्रकारसँग कुरा गर्दै शाक्यले बढ्दो गर्मी, पानी नपरेको कारणले अहिले भएको विद्युत् सञ्जालले लोड थाम्न नसकेर लाइन जाने समस्या भएको तथ्यलाई गलत ढंगले व्याख्या गरेर बदनाम गराउने काम भएको बताए ।

लोडसेडिङ अब नेपालमा नहुने तर कहिलेकाहीँ आउने प्राविधिक समस्यालाई बुझिदिनुपर्ने उनको भनाइ छ । चितवनमा भइरहेको विद्युत् आपूर्तिको समस्या बढ्दो लोड तथा पुरानो र जीर्ण वितरण प्रणालीबाट भएको शाक्यको भनाइ छ । ‘पहिले नै यहाँको सिष्टम अपग्रेड गर्नुपर्ने थियो, काममा ढिला भएको पक्कै हो, गर्मी बढेपछि समस्या उत्कर्षमा पुग्यो’, कार्यकारी निर्देशक शाक्यले भने, ‘अब मंगलबार बेलुकासम्म चितवनको विद्युत् आपूर्तिको समस्या समाधान हुन्छ, अहिलेको जस्तो अवस्था आउँदैन ।’

प्राधिकरणले नै लोडसेडिङको झल्को दिने गरी सूचना प्रकाशन गर्दा गलत सन्देश पुगेको हो कि भन्ने पत्रकारको प्रश्नमा कायकारी निर्देशक शाक्यले सवस्टेशनका कार्यालयमा पुगेर दबाब दिएकै कारण यस्तो सूचना आएको दाबी गरे । ‘लोडसेडिङको तालिका निकाल, सूचना निकाल’ भनेर प्राधिकरणलाई कतिपय ठाउँमा दबाब दिने, घेराउ गर्ने काम गरिएको प्राधिकरण निर्देशक शाक्यले बताए ।

उनले पानी नपरेका कारण किसानहरूले खेतमा गाडिएका बोरिङ सबै एकैतिर चलाउँदा लोड धान्न नसकेको दाबी गरे । ‘हामीले साँझ ५ देखि ९ बजेसम्म नचलाउनुस्, ९ बजेपछि चलाउनुस् भन्यौँ तर, खासै लागु भएन’, कार्यकारी निर्देशक शाक्यले भने, ‘तराईका अधिकांश जिल्लामा भएको समस्या यहीँ हो ।’

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पुरानो भरतपुर वितरण केन्द्रको निरीक्षण पछि विद्युत् आपूर्ति बन्दको एक दिने सूचना निकालेर आलोचित बनेको चनौली वितरण केन्द्रको निरीक्षण गर्न गएका छन् ।

शाक्यले आजै पूर्वी चितवनको हर्दीमा २४ एमभीएको ट्रान्सफर्मर जडान, परीक्षण तथा प्रसारणका विषयमा जानकारी लिन जाने कार्यक्रम रहेको शाक्यका सचिवालय सदस्य इन्जिनियर नारायण अर्यालले जानकारी दिए ।

हर्दीमा जडान गरिएको २४ एमभीएको ट्रान्सफर्मरलाई गएराती नै नो लोडमा सफलतापूर्वक चार्ज गरिएको हर्दीका इन्चार्ज रोशन खनियाले बताए । उनले ढिलोमा भोलीसम्म विद्युत् वितरण गरिने बताए ।

हर्दीबाट भण्डारा, पर्साको चैनपुर र टाँडीको सवस्टेशनमा विद्युत् सप्लाई गरेर भरतपुरबाट पठाएको विद्युत्लाई कटौती गर्ने तयारी गरिएको छ ।

भरतपुरबाट टाँडी गइरहेको विद्युत्लाई भरतपुर महानगरपालिका १३ देवनगरको सवस्टेशनमा सप्लाई गरेर जगतपुर हुँदै माडी पठाउने तयारीमा प्राधिकरण लागेको छ ।

यसपछि पूर्वी चितवन तथा पश्चिम चितवनको विद्युतको समस्या समाधान हुने विश्वास प्राधिकरणको रहेको छ ।