काठमाडौँ । आज राति देशभर साधरणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भूभाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
भोलि देशभर साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश र गण्डकी प्रदेश पहाडी भूभाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।







