२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७०४ पुग्यो सगरमाथा आरोहण गर्ने महिलाको संख्या 

अ+ अ-

काठमाडौँ । सगरमाथा चुचुरोको सफल आरोहण गर्ने महिला आरोही संख्या ७ सय ४ पुगेको छ ।

पर्यटन विभागले सन् २०२४ अन्तिमसम्मको सगरमाथा र अन्य हिमालको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार सगरमाथा चुचुरो पुग्ने महिला आरोही संख्या ७ सय ४ पुगेको हो ।

सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही जापानकी जुनको ताबेई हुन् । उनले सन् १९७५ मा यो कीर्तिमान बनाएकी थिइन् ।

नेपालबाट पहिलो आरोहण गर्ने महिला पासाङल्हामु शेर्पा हुन् । उनले सन् १९९३ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । आरोहण गरी फर्कने क्रममा उनको निधन भएको थियो ।

७०४औँ महिला भारतकी रिना देवी हुन् । उनले मे २०२४ मा सगरमाथा चढेकी थिइन् । यो सूचीमा सन् २०२५ को वसन्त ऋतुमा सगरमाथा चढेकाको विवरण भने समावेश छैन ।

सगरमाथा आरोहण सुरुवात भने तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मा सफल आरोहण गरेसँगै सुरु भएको थियो । त्यसयता सगरमाथा चुचुरोमा पाइला टेक्ने कुल आरोही संख्या भने ९ हजार ७७ पुगेको छ । यस सूचीमा २०२५ को वसन्त ऋतुमा भएको आरोहण समावेश छैन ।

विभागका अनुसार सन् २०१० यता २ हजार ६ यस ७८ आरोही र ३ हजार ६ सय ९१ जना सहयोगी स्टाफले चुचुरो चुमेको देखिन्छ । यसमध्ये २०२४ मा मात्र आरोही २ सय ९८ जना र सहयोगी ४ सय ९४ जनाले चुचुरो चुमेको रेकर्ड छ ।

२०२४ मा सबैभन्दा धेरै नेपाली ४ सय ९४ जना चुचुरो पुगेका थिए । चिनियाँ ५४, अमेरिकी ४६ र बेलायती २६ जनाले सगरमाथा चढेको देखिन्छ ।