२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारमा रहेकालाई प्रविधिमार्फत सेवा दिने व्यवस्था गरिँदै 

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले प्रविधि प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीमा जाने श्रमिक उचित सूचना अभावमा समस्यामा पर्ने गरेको उल्लेख गरे ।

प्रविधिमा आधारित बहुभाषिक एआई च्याटबोटले यस समस्याको समाधान गर्न सक्ने विश्वास मन्त्री भण्डारीको छ । ‘अब श्रमिकले दूतावाससँग फेसबुक, ह्वाट्स एप वा वेबसाइट मार्फत सिधै बोलेर वा लेखेर प्रश्न गर्दा तुरुन्तै उत्तर प्राप्त गर्न सक्ने व्यवस्था गर्न लागिएको हो,’ उनले भने ।

नेपाली दूतावासमा अत्यधिक फोन आउने तर कर्मचारी संख्या कम भएकाले फोन नउठ्ने जस्ता समस्या समाधानका लागि श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहमति अनुसार ‘श्रम सञ्चार’ एपमा एआई च्याटबोट र कल सेन्टर प्रणाली एकीकरण अन्तिम चरणमा पुगेको छ ।

सोही कार्यक्रममा एनआरएनएको प्राविधिक टोलीले मन्त्री भण्डारी सहित श्रम मन्त्रालयका अधिकारीहरूलाई डेमो प्रस्तुति दिएको थियो । श्रम मन्त्रीसँगको छलफलमा यस प्रणालीलाई पाइलट प्रोजेक्टका रूपमा युएईबाट सुरु गरी क्रमशः सबै देशमा विस्तार गर्दै लैजाने सहमति भएको छ ।

‘श्रम सञ्चार’ एपमा एआई च्याटबोट र कल सिस्टम एकीकृत गर्दा विदेशस्थित नेपाली दूतावासहरूमा अत्यधिक फोन कल आउने तर कर्मचारी संख्या अत्यन्त न्यून भएका कारण सिर्जिएको समस्या समाधान हुने विश्वास गरिएको छ ।

त्यसैगरी यो डिजिटल प्रणालीमार्फत विदेशमा रहेका नेपालीले टेलिमेडिसिन, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा समेत पाउन सक्ने र प्रवासमा नेपालीले भोग्दै आएका विभिन्न समस्या समाधान गर्न सकिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले मन्त्री भण्डारी र परराष्ट्र मन्त्री आरजु राणा देउवाको सकारात्मक पहलप्रति आभार व्यक्त गरेका छन् ।