२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

अ+ अ-

कैलाली । यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं ३ मोहनपुरको सिमानास्थित मोहना नदीमा पुल नहुँदा स्थानीयलाई वारपार गर्न समस्या थियो ।

स्थानीयले काठको नाउँ प्रयोग गर्दै आएका थिए । वर्षायाममा नदीमा पानीको प्रवाह बढेपछि गाउँलेहरूले झनै समस्या भोग्थे । सो स्थानमा झोलुङ्गे पुल निर्माण भएपछि वर्षौँदेखिको समस्या समाधान भएको छ । “पुल नहुँदा काठे नाउँको भरमा वारपार गर्नुपर्ने बाध्यता थियो, वर्षायाममा झनै जोखिम हुन्थ्यो,” स्थानीय कृष्णकुमार चौधरीले भने, “पुल निर्माणपश्चात् यहाँका नागरिकलाई राहत मिलेको छ ।” स्थानीयका अनुसार वडा नं ३ को मोहनपुरमा झण्डै ९६ घर छन् ।

पुल नहुँदा सबैभन्दा बढी समस्या विद्यालय जाने बालबालिकालाई हुने गरेको थियो । स्थानीयवासी साँझ, बिहान बजारबाट सामान लिन जाँदा समेत नदी वारपार गर्न नाउ प्रयोग गर्नुपर्दथ्यो । हालै मात्र पुल सञ्चालनपश्चात् सहजै आवतजावत गर्न सकिएको छ ।

संघीय सरकारको सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागअन्तर्गत ‘सस्पेन्सन ब्रिज डिभिजन’को रु तीन करोड ४३ लाखमा उक्त झोलुङ्गे पुल निर्माण गरिएको हो ।