२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइसिसी बैठकमा पारसले भने-‘हामीसँग चाँडै टेस्ट राष्ट्र बन्ने परिकल्पना र योजना छ’

अ+ अ-

काठमाडौँ । सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वार्षिक सभामा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का सहभागी भएका छन् ।

उनले हिजोको एक सत्रमा क्यानले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) बारे दमदार प्रस्तुति दिए ।

विश्वभरका १०८ राष्ट्र सहभागी आइसिसी साधारण सभामा पारसले करिब १० मिनेटको प्रिजेन्टेसन गरेका हुन् । उनलाई आइसिसीले नै नेपाली क्रिकेट र विशेषतः एनपीएलका सम्बन्धमा प्रिजेन्टेसनका लागि आग्रह गरेको थियो । नेपालसहित ४ वटा देशका क्रिकेट बोर्ड प्रतिनिधिले मात्रै यस्तो प्रिजेन्टेसन दिने अवसर पाएका थिए ।

आइसिसीको बैठक हिजै सकिएको छ । पाँच दिन चलेको बैठकमा नेपालको सहभागिता प्रभावकारी भएको पारसले बताए ।

उनले भने, ‘नेपाली क्रिकेटको चर्चा र प्रभाव अहिले अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको पाएको छु । मैले दिएको प्रस्तुतिले नेपाल प्रिमियर लिग (एनपीएल) लाई विश्वस्तरमा परिचित गराउन थप मद्दत गरेको छ ।’

आफ्नो प्रस्तुतिमा पारसले क्यानले आयोजना गरेको एनपीएलको पहिलो संस्करण नै भव्य र अभूतपूर्व सफल भएको बताएका थिए । एनपीएलमा भारतका शिखर धवन र न्यूजिल्यान्डका जिमी निसमसहित अन्तर्राष्ट्रिय स्तरका केही ख्यातिप्राप्त क्रिकेटरहरूलाई सहभागी गराउन सकिएको भन्दै उनले सन्तोष व्यक्त गरे । एनपीएलको ट्रफीको मौलिकताबारे वर्णन गर्दै यसले ग्लोबल वार्मिङलाई न्यूनीकरण गर्ने सन्देश बोकेको उल्लेख गरे । एनपीएलमा विश्व क्रिकेटका महान् हस्ति ब्रायन लारा समेत सहभागी भएको उनले सम्झिए ।

पारसले नेपाली क्रिकेटले विगत दुई दशकमा डिभिजन ५ देखि एक दिवसीय मान्यतासम्म आइपुग्न निकै कठिन संघर्ष गरेको र अबको लक्ष्य टेस्ट राष्ट्र बन्ने रहेको उद्घोषसमेत गरेका छन् ।