२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा

अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाका दुई महत्त्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन् । यी पुलले स्थानीयको आवागमन र कृषि उत्पादनको बजार पहुँचमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज  आयोजित एक कार्यक्रममा ती पुलको उद्घाटन गर्दै निर्माणमा भएको ढिलाइसुस्तीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे । उनले ठेकेदारको लापरबाहीका कारण जनताले समयमा सेवा पाउन नसकेका भन्दै यस्तो ढिलासुस्ती अब स्वीकार्य नहुने बताए ।

चैनपुर नगरपालिका-१ र मादी नगरपालिका-९ जोड्ने यावरा खोलामाथिको ६३ मिटर लामो पुलको निर्माण विसं २०७३ देखि सुरु भएको थियो । विसं २०७९ पुससम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदार कम्पनी कुन्सालिङ निर्माण सेवाको ढिलाइका कारण तीन वर्ष बढी समय लागेको हो । पुल निर्माणमा रु. सात करोड १९ लाख ६५ हजार खर्च भएको छ ।

धर्मदेवी नगरपालिका-४ र मादी नगरपालिका-६ जोड्ने माया खोलामाथिको ६३ मिटर लामो पुल निर्माण कम्पनीको लापरबाहीका कारण निर्धारित समयभन्दा साढे तीन वर्ष ढिलो गरी सम्पन्न भएको हो । विसं २०७४ मा सुरु भएको यो पुल निर्माणमा रु. छ करोड २५ लाख ३९ हजार खर्च भएको जनाइएको छ ।

यी दुई पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले यातायात र कृषि उपज ढुवानीमा राहत पाउनेछन् ।