२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

अ+ अ-

झापा । हल्दिबारी गाउँपालिकाको चिया बगानहरूमा ‘लुपर’ नामक कीराको प्रकोप फैलिएको छ । हरियो पत्ती उत्पादन हुने मुख्य समयमा प्रकोप फैलिएका कारण चिया किसानहरूले यसबाट ठूलो क्षति व्यहोर्नुपरेको छ ।

झापाको मध्यभागमा रहेको हल्दिबारी गाउँपालिकाको पाँच वटा वडाको लगभग एक हजार पाँच सय बिघा क्षेत्रफलमा फैलिएको चिया बगानमा ‘लुपर’ कीराको प्रकोप फैलिएको पालिकाका कृषि शाखाका प्रमुख छविलाल गुरुङले बताए । “किसानहरूले किरा फैलिएको जानकारी गराउनासाथ बगानको अनुगमन गरेका छौँ”, उनले भने, “बगानमा क्षति पुगेको पाइएको छ ।”

चिया किसान गोपाल गिरीले चियाको हरियो पत्ती टिप्ने मुख्य समयमा हल्दिबारीका ठूला र साना सबै चिया बगानमा ‘लुपर’ कीराले महामारीको रूप लिएको बताए । उनले झापाको हल्दिबारीमा मात्र यो रोगको प्रकोप देखा परेको बताए । यसअघि चियाको बोटमा ‘रेड स्पाइडर’ नामक कीराको प्रकोप देखापर्ने गरेको थियो । ‘लुपर’ का कारण हल्दिबारीका चिया बगान पहेँलिएर सुक्न थालेको उनको भनाइ छ । 

‘लुपर’ एक प्रकारको झुसिल कीरा वा फौजी कीरा जस्तै पात र मुना खाने कीरा हो । यसलाई ‘लुपर क्याटरपिलर’ वा ‘टि लुपर’ भनेर चिनिन्छ । यसको माउ पुतली हुन्छ । पातमा पारेका असङ्ख्य अण्डाबाट लार्भा निस्किएर चियाको पात खाने गर्दछ ।

किसान नवीन मैनालीले वैशाखदेखि सुरु भएको ‘लुपर’ को प्रकोप साउन लागि सक्दा नियन्त्रण नभएको बताए । कीराले पात खाएर चियाको बोटलाई झिक्रामा परिणत गरिदिएको उनले बताए। किसानहरूले पालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रमा परामर्श नगरी किरा नियन्त्रणका लागि जथाभावी विषादी प्रयोग गरिरहेको कृषि शाखाका प्रमुख गुरुङ बताउछन् ।

जथाभावी विषादी प्रयोग गरिएकाले किरामा पचाउन सक्ने शक्ति बढेको हुनसक्ने उनले आशंका गरे । पालिकाभरिका चिया किसान, सहकारी संस्था र उद्योगीहरूलाई पालिकामा बोलाएर प्रकोप नियन्त्रणका लागि अन्तरक्रिया गर्ने तयारी भइरहेको उनले बताए । 

अनुगमनमा गएका पालिका अध्यक्ष रवीन्द्र लिङ्देनले रोग नियन्त्रणका लागि पालिकाले सबै किसिमको सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले किसानहरूलाई स्प्रे ट्याङ्की दिने घोषणा गरेका छन् । 

चियाको बोटमा वैशाखदेखि नयाँ पात पलाउने भएकाले वैशाखदेखि साउनको समयलाई हरियो पत्ती उत्पादनको सबैभन्दा मुख्य समय मानिन्छ । किसानहरूले यसपालिको यो समयमा चिया पत्ती टिप्न नपाएको कारण करोडौँको नोक्सानी भएको बताएका छन् ।

हल्दिबारीमा डाँफे टी प्रोसेसिङ, हल्दिबारी चिया बगानलगायत सात वटा ठूला चिया बगान छन् भने पाँच सयभन्दा बढी परिवारको निजी बगान छ । किसानहरूले सहकारीमार्फत दुई वटा प्रशोधन कारखाना आफैँ चलाउँदै आएका छन् ।