२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउन २ मा महिला भलिबल लिगको अक्सन हुने

अ+ अ-

काठमाडौँ । नेपाली भलिबलमा पहिलो पटक फ्रेन्चाइज महिला भलिबल लिगका लागि खेलाडीको अक्सन हुने भएको छ । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को दोस्रो संस्करणलाई साउन २ मा अक्सन गरिने छ ।

नेपाली महिला भलिबलमा यो गौरवको क्षण हुने लिग आयोजक इन्फिनिटी ड्रिम्सले जनाएको हो । प्रत्यक्ष बोलकबोलमार्फत फ्रेन्चाइज टोलीहरूले राष्ट्रिय स्टार खेलाडीदेखि नवप्रतिभा र उदाउँदा खेलाडीलाई आफ्नो टिममा किन्ने अवसर पाउने छ । यो प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र पूर्ण रूपमा प्रतिभामा आधारित हुनेछ आयोजकको विश्वास छ ।

‘यो अक्सन मात्र नभई नेपाली महिला भलिबलका लागि ऐतिहासिक यात्रा हो,’ आयोजकले भनेको छ, ‘खेलाडीहरू अब व्यावसायिक संरचनाभित्र प्रवेश गर्दै छन्, जहाँ उनीहरूको सीप, बजार मूल्य र पहिचानले संस्थागत मान्यता पाउनेछ ।’

अक्सन काठमाडौं मै हुनेछ । महिला भलिबल नयाँ युगमा प्रवेश गर्ने आयोजकको विश्वास छ । इन्फिनिटी ड्रिम्सकी सिइओ स्नेभी चापागाईँले यो अक्सनलाई नेपाली महिला भलिबलको व्यावसायिक यात्राको महत्त्वपूर्ण मोडको रूपमा हेरिएको बताइन् । उनले भनिन्, ‘नेपाली भलिबल इतिहासमा यो ऐतिहासिक कार्यक्रम हुनेछ ।’

भदौ २० देखि हुने दोस्रो संस्करण लिगमा साबिक विजेता कर्णाली यश्विजसहित गण्डकी थन्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काठमाडौँ स्पाइकर्स र मधेश युनाइटेडको सहभागिता रहनेछ । पहिलो संस्करणको उपाधि कर्णाली यश्विजले जितेको थियो ।