२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनले समाजवादी सिद्धान्तलाई व्यवहारमा उतारेर विश्वसामु एक अनुपम उदाहरण प्रस्तुत गरेको छ : झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चीनले समाजवादी सिद्धान्तलाई व्यवहारमा उतारेर विश्वसामु एक अनुपम उदाहरण प्रस्तुत गरेको बताएका छन्।

बिहीबार (आज) चिनियाँ कम्युनिष्ट पार्टी, हेनान प्रान्तीय कमिटीलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले यस्तो बताएका हुन्। 

‘पुँजीवादी आधुनिकीकरणले बढाएको असमानताको खाडलको सट्टा चीनले विश्वका सबै नागरिकलाई विकासको मूल प्रवाहमा समेट्ने लक्ष्य लिएको छ। किनभने साझा समृद्धि हासिल गर्नु समाजवादको एक अनिवार्य र आधारभूत सिद्धान्त हो र समाजवादी चीनले यही सिद्धान्तलाई व्यवहारमा उतारेर विश्वसामु एक अनुपम उदाहरण प्रस्तुत गरेको छ,’सम्बोधनका क्रममा उनले भनेका छन्।

त्यही समाजवादी सिद्धान्त र जनताप्रतिको प्रतिबद्धतालाई अंगीकार गरेकै कारण चीनले छोटो अवधिमा करिब ८० करोडभन्दा बढी जनतालाई गरिबीको निरपेक्ष रेखाबाट बाहिर निकाल्न सफल भएको पनि उनले बताए। ‘यो कुनै सामान्य उपलब्धि होइन, यो मानव इतिहासमै एक अभूतपूर्व र चमत्कारी सफलता हो। यही समाजवादी क्रान्ति र रूपान्तरणको जगमा उभिएर महासचिव सीले प्रस्ताव गर्नुभएको साझा समृद्धिको चिनियाँ मार्गले चिनियाँ कम्युनिस्ट पार्टीको समाजवादप्रतिको निरन्तर प्रतिबद्धतालाई मात्र दर्शाउँदैन, बरु यसले ‘जनताका लागि शासन भन्ने समाजवादी मान्यतालाई मूर्त रूप दिएको छ, ’उनले भनेका छन्।

पूर्वप्रधानमन्त्री खनालले विश्वले चिनियाँ विशेषतासहितको आधुनिकीकरणको मोडललाई गहिरो चासो र उत्सुकताका साथ हेरिरहेको पनि बताए। ‘महासचिव कमरेड सी जिनपिङले अगाडि सार्नुभएको यो नवीन अवधारणा केवल भौतिक पूर्वाधार वा आर्थिक विकासको मात्र कुरा होइन, यो मानवताको साझा भविष्य, वातावरणीय सन्तुलन र सामाजिक न्यायसँग जोडिएको एक प्रगतिशील विश्व-दृष्टिकोण हो। यस मोडलको सबैभन्दा महत्त्वपूर्ण र प्रेरणादायी विशेषता भनेको ‘विश्वका सबै जनताको साझा समृद्धिको लागि आधुनिकीकरण’ भन्ने हो, उनले भनेका छन्।

पूर्वप्रधानमन्त्री खनालले बेइजिङमा आयोजना हुन गइरहेको विश्व सभ्यता संवाद कार्यक्रममा सहभागिता जनाउँदै छन्।