२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कुलिङ अफ पिरियड’को गडबडी : छानबिन समितिमा काँग्रेसको नेतृत्वमाथि रास्वपाले उठायो प्रश्न

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’को गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिमा नेपाली काँग्रेसको नेतृत्व स्वीकार गर्न नसकिने बताएको छ ।

विधेयकको सबैभन्दा गम्भीर र महत्त्वपूर्ण व्यवस्थामै छेडखानी गरेर सांसदहरूलाई नै ठग्ने काम भएको रास्वपाको भनाइ छ ।

रास्वपा सांसद मनिष झाले कुलिङ पिरियडको व्यवस्थामा हेरफेर गरेर संसदीय अभ्यासमा कलंकित कथा बुनिएको टिप्पणी गरे ।

‘संसदीय छानबिन समिति बन्दै छ भन्ने कुरा थाहा पायौँ त्यसमा हाम्रो सहमति पनि रहनेछ । तर जुन व्यक्तिमा औँला उठ्दै छ त्यो व्यक्तिको नाम जोडेर नै समिति बन्नुपर्छ भनेर तपाईँहरूले विभिन्न किसिमको प्रपञ्च गर्नुभएको थियो । त्यो बिर्सिनुभएछ,’ सांसद झाले बताए ।

कुलिङ पिरियडमा नेपाली काँग्रेसको नेतृत्वमा ७ सदस्यीय समिति बनेको छ ।

उनले भिजिट भिसा प्रकरणमा समेत आफूहरूको आन्दोलन जारी रहेको पनि बताए ।

‘भिजिट भिसामार्फत भइराखेको संगठित अपराधसम्बन्धी हाम्रो आन्दोलन जारी नै छ । त्यो आन्दोलन जारी रहेकै बेला संसदीय अभ्यासमा एउटा कलंकीत कथा बुनियो,’ सांसद झाले भनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विगत लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन आयोग गठनको माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।

सरकारले दुवै प्रकरणमा छानबिन गर्न समिति बनाइसकेको छ । यद्यपि रास्वपाले दुवै समितिमाथि प्रश्न उठाएको छ ।