२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

अ+ अ-

काठमाडौँ । उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले नेपाली टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

स्वागत गर्दै एन्फाका महासचिव किरण राईले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको र अपराजित रहँदै फर्केको बताए । साथै राईले टेक्निकल्ली मात्र पेनाल्टीमा पराजित हुँदा एसियन कपमा पुग्न नसक्दा दुस्ख लागेको बताए ।

यस्तै यसै छनोटबाट नेपालको कप्तान नियुक्त भएकी सावित्रा भण्डारी साम्बाले अवसरलाई सही तरिकाले सदुपयोग गरेको बताइन् । ‘हामी २ गोलले पछाडि हुँदा पनि गोल फर्कायौँ, त्यसमा ५०(५० चान्स थियो जहाँ हामी चुक्यौँ’ उनले भनिन्, ‘कोचिङ स्टाफ र बेन्चबाट निरन्तर सपोर्ट आइरहेको थियो।’

‘समग्रमा भन्नुपर्दा हामीले धेरै कुराहरू सिक्ने मौका पायौँ, हामीभन्दा माथिल्लो टिमसँग खेल्न पायौँ’ उनले अगाडि थपिन्, ‘प्रशिक्षकले पनि हामीलाई धेरै फरक तरिकाले मोटिभेट गराइरहनुभएको थियो।’

प्रशिक्षक प्याट्रिक डे वाइल्ड भने नेपाली टोलीसँग फर्किएका छैनन् । उनी उतैबाट बेल्जियम गएको एन्फाले जनाएको छ ।

छनोटको समूह एफमा रहेको नेपाल निर्णायक खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टीसुट आउटमा पराजित भएपछि अर्को वर्ष मार्चमा अस्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुन सकेन ।

जित्नैपर्ने खेलमा निर्धारित समयको खेल ३-३ को बराबरीमा सकिएपछि खेल र समूह विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको थियो । एसियन कपमा छनोट हुन असफल भएपनि बलियो उज्बेकिस्तानसँग दुई गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै खेल बराबरी गर्न सफल नेपाली महिला टोलीको प्रशंसा भएको थियो ।

नेपालको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पनि आफ्नो खेलाडीहरू प्रति गर्व लागेको बताएका थिए । साथै उनले नेपाली खेलाडीहरूमा राम्रो सम्भावना भएको बताएका थिए ।

समूह एफमा नेपालले लाओसलाई ९-० र श्रीलंकालाई ८-० पराजित गर्दै सानदार सुरुवात गरेको थियो । तर अन्तिम खेलमा उज्बेकिस्तानसँग भने नेपाललाई भाग्यले साथ दिएन ।

छनोट भएको उज्बेकिस्तानले एसियन कपमा स्थान बनाउनुका साथै फिफा वुमन्स विश्वकप र ओलम्पिकको छनोटका लागि ढोका खोलेको छ । नेपालका लागि भने एसियन कपका साथै विश्वकप र ओलम्पिक सबैको सम्भावना सकिएको छ ।

यसअघिका कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले भने यस पटक कुनै खेल खेल्न पाएनन् । उनले पहिलो रोजाइमा खेल्न नपाएपछि कप्तानी पदका साथै पहिलो रोजाइमा पोष्ट सम्हाल्न समेत पाइनन् । उनको स्थानमा अन्जना राना मगरले तीनै खेलमा पहिलो रोजाइमा पोष्ट सम्हालेकी थिइन् ।