२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनामनगरबाट हराएका अछामका जगतबहादुर कुँवर अहिलेसम्म भेटिएनन्

अ+ अ-

काठमाडौँ । अछाम, साफेवगर नगरपालिका-३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुँवर हराएको पाँच दिन भइसक्दासमेत पत्ता लाग्न सकेको छैन ।

यही असार १७ गते बिहान काठमाडौँ महानगरपालिका-२९ अनामनगर अनामनगरस्थित डेराबाट ‘मर्निङवाक’का लागि निस्किएका कुँवरबारे अहिलेसम्म पत्ता नलागेको उनका भतिज देवबहादुर कुँवरले जानकारी दिए ।

देवबहादुरले भने, “काका हराउनु भएको आज पाँच दिन भइसक्यो, हामीले जिल्ला प्रहरी परिसरमा पनि खोजतलासका लागि यही असार १८ गते निवेदन दर्ता गराएका छौँ । अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।”

कुँवर हराएको विषयमा खोजतलासका लागि प्रहरी परिसरमा उनका भतिजाले निवेदन दर्ता गराएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए । उनले भने, “ कुँवरको खोजी जारी छ, विभिन्न युनिटमार्फत प्रयास भइरहेको छ ।”