२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्यमी प्रोत्साहन गर्न कर्णालीमा प्रादेशिक औद्योगिक प्रदर्शनी

अ+ अ-

कर्णाली । श्रम, सीप र सिर्जनासहितको उद्यम, उत्पादन र उत्पादकत्वमा जोड दिने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी आइतबार सम्पन्न भएको छ ।

उक्त प्रदर्शनीको समापन कार्यक्रममा आइतबार प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रदर्शनीले स्थानीय उत्पादन तथा बजारीकरणमा सहयोग पुगेका साथै उद्यमीहरूलाई प्रोत्साहन हुने बताए । “स्थानीय साधन स्रोतको उपयोगबाट उत्पादित वस्तुहरूको प्रवर्द्धन तथा बजारीकरणमा ठूलो सहयोग पुगेको छ”, मन्त्री अधिकारीले भने, “यद्यपि यस्तो महत्त्वपूर्ण कार्यक्रम आगामी आर्थिक वर्षमा जेठ मसान्तभित्र सक्ने गरी सञ्चालन गर्नुपर्दछ ।”

नेपाल सरकार राष्ट्रपति चुरे तराई मधेस सरंक्षण विकास समितिका सदस्य कमला ओली शिवाकोटीले स्थानीय तथा घरेलु उत्पादनको वृद्धिले आयात प्रतिस्थापन गर्न सघाउने बताए । उद्यम र उद्यमीको संरक्षण, प्रवर्द्धन र विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले सुझाव  दिए। 

उद्योग मन्त्रालयका कायमु कायम सचिव शेरबहादुर श्रेष्ठले प्रदर्शनीले कर्णाली प्रदेशभित्रका लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, परम्परागत तथा सुधारिएको प्रविधिबारे जानकारी दिएको बताए । 

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक देवीलाल सापकोटाले कृषि तथा खाद्य उत्पादन, वन पैदावर र हस्तकला क्षेत्रका विभिन्न उत्पादनहरू राखिएको प्रदर्शनीले कर्णालीको स्थानीय उत्पादन, प्रवर्द्धन, गुणस्तर, त्यसको ब्राण्डिङ र बजारीकरणमा सहयोग पुग्ने बताए । उनका अनुसार कर्णालीमा लघु, घरेलु तथा साना उद्योग गरेर करिब ३६ हजार उद्योग रहेका छन् ।

उद्योग निर्देशनालयका शाखा अधिकृत सतेन्द्रकुमार यादवले लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा जोड दिएर महिला, अपांगता, एकल महिला र दलितमैत्री उद्योग निर्माणमा जोड दिनुपर्ने बताए । उनका अनुसार कर्णाली सरकारले मेक इन कर्णाली, मेड इन कर्णाली भन्ने नाराका साथ अगाडि बढेको छ । 

प्रदर्शनीमा यहाँ उत्पादित राडीपाखी, दैलेखी सावर जुत्ता, मह, अगरबत्ती, जडीबुटी, यहाँका रैथाने अन्नबाली, अल्लो, लोक्ता, दुना, टपरीलगायतका वस्तुहरू राखिएका थिए । प्रदर्शनीले उद्यमीलाई थप प्रोत्साहन दिएको छ । उक्त प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुने उद्यमीलाई निर्देशनालयले क्रमशः रु. ५०, ३० र २० हजार पुरस्कार प्रदान गरेको छ ।  

त्यसैगरी, ‘कर्णाली प्रादेशिक औद्योगिक प्रदर्शनी २०८२’ का अवसरमा आयोजित निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय छात्र छात्राहरूलाई रु. १५, १० र पाँच हजार नगद पुरस्कार प्रदान गरिएको छ । प्रदर्शनीमा ६५ स्टल राखिएका थिए । सो प्रदर्शनी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सञ्चालन गरेको थियो ।