२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यही असार २८ मा राष्ट्रिय युवा महोत्सव

अ+ अ-

काठमाडौँ । युवा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा महोत्सव आयोजना हुने भएको छ ।

मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), सुनौलो नेपाल, परिवर्तनका लागि युवा (युथ फर चेन्ज), वाइइडी टक्स र इन डेप्थ स्टोरी (आइडिएस)को संयुक्त आयोजनामा यही असार २८ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा महोत्सव आयोजना हुन लागेको सुनौलो नेपाल अनलाइन अध्यक्ष मोहराज पौडेलले जानकारी दिए । 

महोत्सवमा समाजसेवी अनुराधा कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवाली, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट, अभिनेत्री सुरक्षा पन्त, आध्यात्मिक शिक्षक रुपेश्वर गौर दास र उद्यमी शोभनवीर मालकारलगायत प्रमुख वक्ता रहने छन् । 

वक्ताहरूले आफ्ना जीवनका अनुभव र भोगाइलाई समेट्दै आफ्नै देशमा अवसरहरू निर्माण गर्न सकिन्छ भन्ने विषयमा धारणा राख्ने जनाएको छ । 

कार्यक्रममा गायक सबिन राई र फारो र द एलिमेन्ट्स ब्यान्डको साङ्गीतिक प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ । 

मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष सुरेन्द्र सुवेदीले एउटा सकारात्मक सन्देश दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

युथ फर चेञ्जका अध्यक्ष हिमाल विष्टले आफ्नो ज्ञान, सीप र क्षमताको सदुपयोग यसै देशमा केही सफल काम गरी आगामी पुस्ताको असल पथप्रदर्शक बन्नका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए । कार्यक्रम युवाहरूमा सकारात्मक आशा जगाउने र नेपालमा रहेका अवसरहरू देखाउने उद्देश्यले तयार गरिएको छ । 

गत वर्षको पहिलो संस्करणको सकारात्मक प्रभाव र युवाहरूमा देखिएको उत्साहका कारण यस वर्ष पनि यो महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ । विद्यालय शिक्षा (कक्षा १२)बाट उच्च शिक्षाको यात्रा सुरु गर्न नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरूका लागि लक्षित गरी आयोजना हुने यो कार्यक्रम पूर्णतः नि:शुल्क छ भने इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।