२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हिमाल मानव अस्तित्वसँग जोडिएकाले सबै एकजुट भएर संरक्षण गर्नुपर्छ’-पर्यटन मन्त्री पाण्डे

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हिमाल पृथ्वीको हृदयका साथै मानव अस्तित्वसँग जोडिएकाले सबै एकजुट भएर यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

आज आयोजित ‘हिमालयन क्लाइमेट चार्टर’ सम्मेलनमा उनले हिमालको संरक्षण गर्नु भनेको मानव अस्तित्वको रक्षा गर्नु भएकाले यसको राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा सबै एकजुट भएर हिमालय संरक्षण अभियानमा लाग्नुपर्ने धारणा राखेका छन् । 

हिमालय क्षेत्रलाई नेपालको मात्र नभई सम्पूर्ण पृथ्वीको साझा धरोहर र जलवायु सन्तुलन कायम गर्ने प्रणालीका रूपमा वर्णन गर्नुपर्ने मन्त्री पाण्डेले बताए । “हिमाल पृथ्वीको हृदय हो । यसको रक्षा गर्नु केवल कर्तव्य होइन, मानव अस्तित्वको संरक्षण पनि हो”, उनले भने ।

उनले हिमालय क्षेत्रमा बढ्दै गएको जलवायु संकटप्रति गहिरो चिन्ता व्यक्त गर्दै हिमनदी तीव्र गतिमा पग्लिनु, हिमताल फुट्नु, बाढी र पहिरोको जोखिम बढ्दै जानुलगायत घटनाले नेपालको जलस्रोत, जैविक विविधता, पर्यटन उद्योग र स्थानीय जनजीवनमा गम्भीर असर पारिरहेको बताए ।

मन्त्री पाण्डेले हिमाल जोगाउनु कुनै क्षेत्रीय एजेण्डा नभई हाम्रो पृथ्वी र भावी सन्ततिको अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय रहेको बताउँदै सरकारले तयार पारेको ‘सफा हिमाल रणनीति–२०८२’को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उहाँले यो पाँच वर्षे कार्ययोजनाले फोहर व्यवस्थापन, वातावरण संरक्षण, पुन:स्थापना, उत्तरदायी पर्यटन र युवामार्फत नेतृत्व हस्तान्तरणलाई लक्षित गरेको बताए ।

मन्त्री पाण्डेले अन्तरराष्ट्रिय वित्तीय संस्थालाई पर्वतीय राष्ट्रमा जलवायु संघटको समाधानमा लगानी गर्न आह्वान गरे । साथै, पर्यटन क्षेत्रका साझेदारलाई उत्तरदायी पर्यटन प्रवर्द्धनतर्फ उन्मुख हुन उनले प्रेरित गरे ।

‘बिवाइएन ब्ल्याक्याक’ग्रुपले नेपाल पर्वतारोहण संघ, खुम्बु पासाङ ल्हामु गाउँपालिका र सगरमाथा प्रदूषण नियन्त्रण समितिसँगको सहकार्यमा गरेको सम्मेलनले हिमालय क्षेत्रको वातावरणीय भविष्यप्रति विश्वव्यापी ध्यानाकर्षणसहित ऐक्यबद्धताको आह्वान गरेको छ ।

यी संस्थाले हिमालय क्षेत्रमा बढ्दो जलवायु संकटप्रति चिन्ता सार्वजनिक गर्दै संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । घोषणापत्रले कार्बन उत्सर्जन घटाउनेजस्ता विश्वव्यापी प्रयास मात्र होइन, हिमालयसँग पुस्तौँदेखि सहअस्तित्वमा रहेका समुदायको स्थानीय ज्ञानलाई महत्त्व दिएको छ ।

ब्ल्याक्याक ग्रुपका सिइओ काङ ते सूनले भने, “हिमालयबाट आएको यो मौन चेतावनीले देखाउँछ कि उच्चतम स्थानमा सुरु भएको परिवर्तन शीघ्र सबैभन्दा तल पुग्नेछ । जलवायु संकट अब सम्पूर्ण मानव जातिको साझा मुद्दा हो । यो घोषणापत्र केवल वाचा होइन, जलवायु न्यायका लागि एकजुट आह्वान हो ।”

उनले यो सन्देश विश्वभर फैलिने र सार्थक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।