काठमाडौँ । हमासले गाजा युद्धविराम र बन्धकको रिहाइसम्बन्धी नयाँ अमेरिकी प्रस्तावलाई सकारात्मक प्रतिक्रिया दिएको बताएको छ।
हमासले एक विज्ञप्ति जारी गर्दै तत्काल वार्ताको लागि तयार रहेको बताएको हो।
एक प्यालेस्टाइनी अधिकारीले बीबीसीलाई बताएअनुसार हमासले प्रस्तावको रूपरेखा स्वीकार गरेको छ। यद्यपि, हमासले अमेरिकी प्रस्तावमा संशोधनको माग गरेको छ।
अमेरिका र इजरायलबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले ६० दिनको युद्धविरामका लागि सर्त स्वीकार गरेको बताएका थिए।
ट्रम्पले हमासलाई प्रस्ताव स्वीकार गर्न आग्रह गरेका थिए। ट्रम्पले यदि हमासले प्रस्ताव स्वीकार गरेन भने स्थिति बिग्रन सक्ने चेतावनी दिए।







