२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उज्वेकिस्तानविरुद्ध नेपालको सुरुआती-११ सार्वजनिक

अ+ अ-

काठमाडौँ । एएफसी महिला एसियन कप छनोटमा उज्वेकिस्तानविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक गरिएको छ । 

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले यसअघिको खेलमा चोट बोकेकी प्रीति राईको स्थानमा पूजा रानालाई मौका दिँदै पहिलो रोजाइ सार्वजनिक गरेका हुन् । 

आजको खेलमा घरेलु टिमलाई हराउन सके नेपाली महिला टिमले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ । 

उज्बेकिस्तानले यसअघि पहिला खेलमा श्रीलंकाविरुद्ध १०-० को जित निकालेको थियो । नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो ।

दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० ले हरायो । आफ्नो दोस्रो खेलमा घरेलु टिमले लाओसको पोस्टमा सात गोल गरेको थियो ।

समूह ‘एफ’मा रहेका यी दुवै टिमले समान दुई खेलबाट ६ अंक जोडेका छन् । गोल आधारमा पनि दुवै टिम प्लस १७ मा छन् ।

यसैकारण एसिया कपमा छनोट हुन नेपाललाई अन्तिम खेलमा उज्वेकिस्तानसँग बराबरीको नतिजाले पुग्दैन । यो खेलको निर्धारित समयसम्म दुवै टिमले गोलरहित बराबरी खेले एएफसीको नियमानुसार समूहबाट छानिने टोलीको टुंगो लगाउन सोझै पेनाल्टी सुटआउट गरिनेछ ।

अर्थात्, आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा स्थान बनाउन नेपालले उज्वेकिस्तानलाई कम्तीमा पेनाल्टी सुटआउटमा भए पनि हराउनुपर्ने समीकरण छ ।

नेपालको सुरुआती-११ मा अञ्जना राना मगर (गोलकिपर), समीक्षा घिमिरे, रेनुका नगरकोटे, सावित्रा भण्डारी (कप्तान), रश्मिकुमारी घिसिङ, अनिता बस्नेत, गीता राना, सविता राना मगर, निशा थोकर र सरस्वती हमाल रहेका छन्।