२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक ३४ अंकले बढ्यो

अ+ अ-

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२ अंकले बढेको छ । आज एक दशमलव २९ प्रतिशतको वृद्धिपछि नेप्से दुई हजार छ सय ९४ दशमलव ८२ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १७ कम्पनीको तीन करोड एक लाख ८२ हजार ३४१ कित्ता शेयर ८९ हजार ४६८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ बराबरको कारोबार भएको छ । 

आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी जीवन बिमा समूह दुई दशमलव ८३, निर्जीवन बिमा दुई दशमलव ५१ र विकास बैंक समूह दुई दशमलव ३१ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ एक दशमलव ३६, वित्त एक दशमलव ९९, होटेल तथा पर्यटन शून्य दशमलव ७१ र जलविद्युत् शून्य दशमलव ४७ प्रतिशतले बढेको छ । 

लगानी एक दशमलव शून्य एक, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६९, लघुवित्त शून्य दशमलव ५६, म्युचुअल फण्ड शून्य दशमलव शून्य छ, व्यापार एक दशमलव ७६ र अन्य समूह शून्य दशमलव ९१ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । आज ‘नौ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर-२०८८’ को शेयर मूल्य सबैभन्दा बढी तीन दशमलव ३१ प्रतिशतले घटेको छ ।