२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले भन्यो-‘पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोकेको छैन’

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले देशको सबैभन्दा माथिको पदमा रही सकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले व्यक्तिको चाहनालाई नकार्न नसकिने बताएका हुन् । उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्कने घोषणा गरेको बारे प्रश्न सोधिएको थियो ।

प्रमुख सचेतक पाण्डेले सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सकेको व्यक्ति भए पनि आफ्नो चाहनालाई नकार्न नसकिने बताए । संविधानले राजनीति गर्न हुँदैन भनेर नरोकेको उनको तर्क थियो ।

उनले भने, ‘सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सक्नुभएको व्यक्तिको आफ्नो चाहना हो, संविधानले कतै रोकेको जस्तो लाग्दैन । उहाँको आफ्नै निर्णय हो ।’

भण्डारी एमालेको राजनीतिमा सक्रिय भई हाल्दैमा वाम एकता भइहाल्छ भन्ने आफूलाई नलागेको उनले बताए ।

‘कम्युनिष्टहरुका बीचमा एकता हुनुपर्छ । सबै बलियो हुनुपर्छ । एकताबद्ध हुनुपर्छ भन्ने सैद्धान्तिक कुरा त छँदै छ,’ उनले भने, ‘हिजो एउटा कार्यक्रममा पूर्वराष्ट्रपतिले जसरी विषयवस्तु राख्नुभएको छ त्यसले वाम एकता भइहाल्छ भन्ने कुरा मलाई लागिरहेको छैन ।’