काठमाडौँ । प्रतिनिधि सभाको बैठकले राष्ट्र ऋण उठाउने विधेयक २०८२ स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बैठकले स्वीकृत गरेको हो ।
उपप्रधानमन्त्री पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावहरूमाथिको छलफलमा यस अघि सांसदहरू अमनलाल मोदी, भगवती चौधरी, राजेन्द्र केसीले भाग लिई आफ्ना धारणा राख्नुभएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक यही असार १४ गते बिहान ११ बजे बस्नेछ ।







