काठमाडौँ । भारतस्थित नेपाली राजदूतावासले संगठित गिरोहले आकर्षक रोजगारीको प्रलोभनमा पार्ने गरेको जनाएको छ ।
विभिन्न जिल्लाबाट भारत पुर्याएर बन्धन बनाएर रकम असुल्ने गरेको भन्दै झुठो आश्वासनमा नपर्न अनुरोध गरेको छ ।
उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘कीन इण्डिया’ को सहयोगमा बन्धक बनाइएका ५७ जना नेपालीलाई उद्धार गरेको दूतावासले जानकारी गराएको छ ।
१९ जिल्लाबाट गिरोहले रोजगारीको प्रलोभनमा भारत पुर्याएको दूतावासले जनाएको छ ।







