२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ घोषणा

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले ‘सगरमाथा संवाद’ कार्यक्रमको आह्वानअनुसार २०वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ ।

गत जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादको आह्वानअनुसार यो महाअभियान सञ्चालन गर्न सोमबार मन्त्रिस्तरीय निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

निर्णयानुसार सन् २०२५ देखि सन् २०४५ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म नेपालभर उपयुक्त जग्गामा वृक्षारोपण गर्ने र लगाएका रुख बिरुवाको संरक्षण गरिनेछ ।

सगरमाथा संवादले हिमालय क्षेत्रमा हिउँ पग्लिँदै गएको, त्यसले तल्लो तटीय क्षेत्रमा ठूलो नकारात्मक प्रभाव पार्ने निश्चित देखिएकाले हिमालय जोगाउन आह्वान गरेको थियो ।

यस सन्दर्भमा हिमालय क्षेत्र जोगाउने अभियान नेपालबाटै सुरु गरिनु आवश्यक ठानी हिमालय जोगाउने विभिन्न प्रयासमध्ये यो एक महत्त्वपूर्ण महाअभियानका रूपमा हुने वन मन्त्री ऐनबहादुर शाही ठकुरीले बताए ।

यही असार १४ गते वृक्षारोपण दिवसका दिन महाअभियानको शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ । महाअभियानअन्तर्गत मुलुकभर स्थानीय परम्परागत र फलफूलजन्य बिरुवा रोपण गरिनेछ ।

नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने अन्तरराष्ट्रिय प्रतिबद्धता गरेको छ र यस महाअभियानले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने लक्ष्य प्राप्तिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । हरेक वर्ष असार १४ देखि साउन १५ गतेसम्म सञ्चालन हुने महाअभियानलाई थप प्रभावकारी बनाउन आ–आफ्नो क्षेत्रबाट सहभागी भई सफल बनाउन विभिन्न निकायलाई अनुरोध गरिएको छ ।

मन्त्रालयले महाअभियानमा संघीय मन्त्रालय/निकाय (सबै), प्रदेश सरकार (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वन तथा वातावरण क्षेत्र हेर्ने प्रदेश मन्त्रालय), सबै स्थानीय सरकार, वन क्षेत्रमा क्रियाशील सामुदायिक, साझेदारी तथा निजी वनका महासंघ, निजी क्षेत्र, नागरिक समाज र सञ्चार क्षेत्रलगायत सबै सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरेको छ ।

नेपालले सगरमाथा संवादपश्चात् सुरु गरिएको महाअभियान हुनाले यसको नामसमेत ‘सगरमाथा वृक्षारोपण महाअभियान’ राखिएको हो । यो अभियानमा आम नागरिकले आफ्ना पूर्वजहरूको सम्झनामा, भावी पुस्ताको सुरक्षित भविष्यका लागि र हाम्रो शिर हिमालयको संरक्षणका लागि वृक्षारोपण गर्न सक्नेछन् ।