काठमाडौँ । धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा बाहिरबाट ताल्चा लगाएको कोठामा सोमबार बिहान एक युवती मृत भेटिएकी छिन् ।
डेरा गरेर बस्दै आएकी पुनर्वास नगरपालिका-११ अमर बस्तीकी ३० वर्षीया रेणु चौधरी ताल्चा लगाएको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक अविवाहित हुन् ।
घटनाको प्रकृति शङ्कास्पद देखिएकाले घटनास्थललाई सिल गरेर अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।







