५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियार हेटौँडा कार्यालयमा एक हजार ५७ उजुरी

अ+ अ-

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक हजार ५७ उजुरी परेका छन् । कार्यालयले आज यहाँ आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

कार्यालयमा परेका उजुरीमध्ये ३९८ वटा उजुरी फछ्र्यौट भइसकेको सो अवसरमा जानकारी दिइयो । ६६१ उजुरी फछ्र्यौट हुन बाँकी रहेका छन् । कार्यालयका प्रमुख श्यामराज अधिकारीका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी धनुषामा १७९ वटा उजुरी परेकामा ५७ वटाको फछ्र्यौट भइसकेका छन् । सबैभन्दा कम काठमाडौँ, रसुवा, धादिङ र रामेछापमा रहेको छ । जहाँ एक/एक वटा उजुरी परेका छन् ।

कार्यालयले हेर्ने १९ जिल्लामा महोत्तरीमा १६७, सर्लाही १५०, सिन्धुली ३४, दोलखा दुई, सिन्धुपालचोक दुई र काभ्रे दुई वटा उजुरी परेका छन् । यस्तै मकवानपुर ५७, रौतहट १५९, बारा १५५, पर्सा ११४ र चितवनमा ३२ वटा उजुरी परेको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालय मातहतका कार्यालय हेर्ने हो भने सबैभन्दा बढी शिक्षा मन्त्रालय अन्तर्गतका कार्यालयको ४०३ वटा उजुरी परेका छन् भने सबैभन्दा कम खेलकूद, निर्वाचन आयोग र वाणिज्य मन्त्रालय अन्तर्गतका एक÷एक वटा उजुरी रहेका छन् । गृह मन्त्रालय अन्तर्गतका १५, सिँचाइ मन्त्रालयअन्तर्गत २९, ऊर्जा मन्त्रालय अन्तर्गतका नौ, अर्थ मन्त्रालय अन्तर्गतका दुई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका कार्यालका १८ वटा उजुरी रहेका छन् । यसैगरी शहरी विकासमा १३, वन तथा भूसंरक्षण मन्त्रालयका कार्यालयको ४१, कृषि विकासमा २७, भूमिसुधार तथा व्यवस्था मन्त्रालय मातहतका कार्यालयका ४० महिला, बालबालिका तथा समाज कल्याण कार्यालयको दुई, संघीय मामिला तथा स्थानीय विकासअन्तर्गत ३७९, स्वास्थ्य तथा जनसंख्या अन्तर्गतका ४९, उद्योग अन्तर्गतका १५, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका दुई, खानेपानी तथा सरसफाइ अन्तर्गतका ६ र पशुपक्षी मन्त्रालय अन्तर्गतका चार वटा उजुरी परेका छन् ।

कार्यालयले चालु आर्थिक वर्षमा चार वटा स्टिङ अपरेशन गरेको सो अवसरमा जानकारी दिइएको थियो । सो क्रममा जिल्ला शिक्षा कार्यालय रौतहटका सब–इन्जिनियर ललनकुमार सिंह, जिल्ला अस्पताल गौर रौतहटका हेल्थ असिस्टेन्ट अधिकृत प्रवीनकुमार झा, ट्राफिक प्रहरी जवान मोतीकुमार श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरण कलैया बाराका इञ्जिनियर रतनेशकुमार चौधरीलाई घूससहित पक्राउ गरिएको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ४५ लाख २७ हजार २३० असुल उपर गरिएको छ । अहिले कार्यालयमा विस्तृत अनुसन्धानअन्तर्गत ११० वटा उजुरी परेकामा ९५ वटा फछ्र्यौट भएको उनले बताए ।

सो अवसरमा कार्यालयका शाखा अधिकृत विकास विकले भ्रष्टाचार नियन्त्रणमा आयोगका भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस