काठमाडौँ । अछाममा जंगली च्याउँ खाँदा तीन जना बिरामी परेका छन् ।
आफ्नो घर नजिकै रहेको जंगमा खेल्ने क्रममा आज विषालु च्याउ खाएपछि रामारोशन गाउँपालिका–७ सुतार निवासी तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी बिरामी परेका प्रहरीले जनाएको छ ।
तिनै जनाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको प्रहरीले जनाएको छ।







