काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गरेका छन् ।
सोमबार बिहान ९ बजे बुढानीलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यताको विषयमा छलफल हुने बताइएको छ ।
काँग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयावधि तोकेको छ ।