५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपाध्यक्षको नेतृत्वमा प्रहरी चौकीमा आक्रमण हुँदा २० राउण्ड हवाई फायर

अ+ अ-

पर्सा । सोमबार बिहान गाउँपालिका उपाध्यक्षको नेतृत्वमा आएको समूह र प्रहरीबीच झडप हुँदा प्रहरी नायब निरीक्षकसहित पाँच प्रहरी घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन २० राउण्ड हवाई फायर गर्नुपरेको छ ।

जिल्लाको जिरा भवानीपुर गाउँपालिका–१, चिनीमिल चोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो।

मदिरा सेवन गरेर एउटै मोटरसाइकलमा सवार ४ जना भारतीय नागरिक र दुईजना मोबाइल चोरलाई छुटाउन जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा स्थानीयको टोली इलाका प्रहरी कार्यालय सेढुवा पुगेपछि झडप भएको हो ।

भारतको बेतिया जिल्ला भंगहा शिशवा निवासी बजरंगी गौरो, रामप्रवेश गौरो, विष्णुभर गौरो, दिनदयाल महतोलाई चेकजाँचका क्रममा मापसे गरेको र चार जना चढेको फेला पारेपछि आइतबार राति नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सेढुवामा राखिएको थियो । उपाध्यक्ष चौधरी तिनै भारतीय नागरिक र मोबाइल चोरीमा संलग्न दुई जनालाई छुटाउन स्थानीय बासिन्दाको समूह लिएर विहानै चौकी पुगेकी थिइन् ।

दुई पक्षबीच भएको झडपमा परी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा र प्रहरी चौकी सुवर्णपुरका प्रहरी जवान जयप्रकाश यादव घाइते भएका छन् भने प्रहरी जवान यादवको अवस्था गम्भीर रहेको प्रहरी अधिकारीले बताएका छन् । उनको अहिले स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस