काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित एघार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव–इन्जिनियर मनोज धामी, लेखापाल जेठबहादुर बुढा र योजना शाखा प्रमुख नविन बुमी बिरुद्ध मुद्धा दायर गरेको हो ।
त्यसैगरी आयोगले सडक निर्माण योजनाको श्रम कार्यदल (उपभोक्ता समि) अध्यक्ष विष्णु दत्त जैसी, कोषाध्यक्ष नन्ददेवी जैसी, सचिव पौमल सार्की, सडक निर्माण अनुगमन समिति संयोजक दलविर सार्की, समिति सदस्य धर्मराज जैसी र वडा नं.१० का तत्कालीन कार्यवाहक वडाध्यक्ष विरेन्द्रबहादुर मल्ल विरुद्ध पनि मुद्दा दायर गरेको हो ।