धनगढी । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वन अधिकृत राम विचारी ठाकुरमाथि बिहीबार कार्यकक्षमा कालोमसो छ्यापिएको छ। यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
प्रहरी अधिकारीका अनुशार ठाकुरमाथि कालोमसो दलेर दुव्र्यवहार भएको पुष्टि गर्दै संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ ।
घटना धर्मेन्द्र बस्तोला नेतृत्वको नेकपा(बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपालको फेसबुक पेजमार्फत सार्वजनिक भएको हो।