६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सभामा विभिन्न विधेयक तथा प्रतिवेदन पेस

अ+ अ-

मकवानपुर । बागमती प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बागमतीका मुख्य न्यायाधीवक्ता कार्यालयको २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरे । 

उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) विधेयक प्रस्तुत गरे । 

यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले ‘प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ प्रस्तुत गरे । 

बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकालले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमा सम्बन्धित समितिको प्रतिवेदन २०८१ पेस गरे । 

यसैगरी उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ लाई प्रस्तुत गरे । 

आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा(कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी राखेको स्तावमाथि बुधबार र बिहीबार बस्ने बैठकमा पूर्ण छलफल गरिने कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी गराए । 

प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ ।  

प्रतिक्रिया दिनुहोस