काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ पकनाजोलबाट अवैध लागुऔषध अफिमजस्तो देखिने पदार्थ करिब एक किलो ६० ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रोल्पा सुनिल स्मृति गाउँपालिका-५ घर भएका ४५ वर्षीय रुद्रबहादुर थापा र ३६ वर्षीय राकेश परियार छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित आइतबार बिहान पक्राउ गरेको हो ।
त्यस्तै, नुवाकोटको ककनी गाउँपालिका-१ ओखरपौवाबाट करिब चार किलोग्राम अवैध लागुऔषध गाँजासहित दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही गाउँपालिका-४ हिलेखर्क बस्ने ५५ वर्षीया कान्छी माया तामाङ र ३९ वर्षीया सुनिता तामाङ छन्। प्रहरी चौकी ओखरपौवाबाट खटिएको प्रहरीले चित्रेबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४५७१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।