काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले इच्छाराज तामाङलाई थुनामा राख्न दिएको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ।
न्यायाधीशहरू डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले उनलाई थुनामा पठाउने आदेश सदर गरेको हो ।
तामाङले आफू तारेखमा बसी मुद्दा लड्न पाऊ भनेर सर्वोच्च अदालतमा २०८० माघ २५ गते सर्वोच्चमा निवेदन दिएका थिए।
तामाङमाथि सिभिल सहकारीको हजारौँ बचतकर्ताको रकम हिनामिना गरेको अभियोग लागेको थियो । उनीविरुद्ध लागेका मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छन् ।