काठमाडौँ । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति गठन गरेको सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।
यसअघिका सदस्य डा. विश्व पौडेलको राजीनामापछि समिति फेरि पुनर्गठन गरिएको हो ।