काठमाडौँ। काभ्रेको महाभारत गाउँपालिका शून्य बेरुजु कायम गर्न सफल भएको छ ।
महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको आफ्नो ६२औँ वार्षिक प्रतिवेदनमा स्थानीय तहतर्फ महाभारत गाउँपालिकामा शून्य बेरुजु देखिएको हो ।
प्रतिवेदन अनुसार गाउँपालिकामा १ अर्ब २७ करोड ९४ लाख रुपैयाँ लेखापरीक्षण गर्दा शून्य बेरुजु देखिएको हो ।
अघिल्लो वर्ष पनि पालिकाको बेरुजु शून्य रहेको गाउँपालिकाले दाबी गरेको छ ।