काठमाडौँ । विद्यालयहरूले दिवा खाजा वितरण हाजिरीविना गरेको विवरण रहेको भन्दै महालेखा परीक्षकको कार्यालयले ध्यानाकर्षण गराएको छ ।
कार्यालयले आफ्नो ६२औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा १ सय २४ स्थानीय तहले विद्यार्थी हाजिर प्रमाणित अभिलेख बेगर दिवा खाजामा २७ करोड ९९ लाख २९ हजार खर्च लेखेको औँल्याएको हो ।
यस्तै सोही आवमा १ सय ५१ स्थानीय तहले ९ करोड ८ लाख ७५ हजारको स्यानिटरी प्याड खरिद गरी खर्च लेखेकोमा उक्त प्याड लक्षित वर्गको प्रयोगका लागि विद्यालयहरूमा पठाउनुपर्नेमा स्थानीय तहको भण्डारमा मौज्दात रहेको देखिएको महालेखाले जनाएको छ ।