काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ ।
प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अर्धजलाशययुक्त (पीआरओआर) र बहाबमा आधारित (आरओआर)परियोजनाको विद्युत् खरिद सम्झौता गर्न आयोजनाहरूलाई बोलाएको हो ।
प्राधिकरणले १८५९ मेगावाटका आरओआर आयोजना र ३१ सय ७ मेगावाटका अर्धजलाशययुक्त आयोजनाको पीपीए गर्ने भएको हो ।
प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट भएका तर पीपीए हुन बाँकी जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौताका प्राधिकरणले सम्पर्क गर्न आउन सूचना जारी गरेको छ ।
यसअघि हितमान शाक्य प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १२ चैत २०८१ को बैठकले नेपाल सरकारबाट १६ पुस २०८१ मा स्वीकृत ऊर्जा विकास मार्गचित्रको लक्ष्यअनुरूप उत्पादन क्षमता पुर्याउनका लागि पीपीए खुला गर्ने निर्णय गरेको थियो ।