३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटमा लैंगिक समावेशीकरणलाई ध्यान दिन माग

अ+ अ-

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कानुनले सबैलाई अवसर दिँदै समान दृष्टिकोणले हेर्नुपर्ने बताएका छन् ।

प्रदेश सुशासन केन्द्र बागमती प्रदेशद्वारा आज ललितपुरमा आयोजित प्रदेशसभाका महिला सदस्यहरूका लागि सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले कार्यक्रमको उद्देश्य लैंगिक समानता र समावेशीकरणका साथै बजेट निर्माणमा लैंगिक समावेशीकरणलाई जोड दिएर अभिमुखीकरण गर्ने भएको बताए ।

उनले भने, “प्रदेशसभामा  महिलाहरूको उल्लेख्य सहभागिता छ, अबको समयमा समावेशीकरणमा ठूलो फड्को मार्नेछ भन्ने आशा छ, यस्ता अभिमुखीकरणबाट प्राप्त हुने ज्ञानले सबै वर्ग, समुदाय, जातजाति र लिंगबीच समान्जस्यता कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”  

कार्यक्रममा बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा भएको यो कार्यक्रम आयोजना हुनु सकारात्मक हो भने ।  उनले भने, “समावेशीकरण संविधानको सुन्दर पक्ष हो । राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनु सकारात्मक छ, तर महिलाभित्रको असमान अवस्थालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने पनि चुनौती छ, अब समावेशीकरणसँगसँगै महिलाहरूको आर्थिक सक्षमता अभिवृद्धिका लागि पनि जोड दिनुपर्छ । अब महिलाहरूको प्रतिनिधित्व ५१ प्रतिशत पुर्‍याउन सक्नुपर्छ, दक्षिण एसियामा मात्र होइन, एसियामा नै महिला सहभागिताको सन्दर्भमा हामी अगाडि छौँ, यो अत्यन्तै महत्त्वपूर्ण कुरा छ”, 

बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईँले सकारात्मक सोचको विकास हुँदा जिम्मेवारीमा रहेर सहजै कार्यसम्पादन गर्न सकिने विश्वास व्यक्त गरे । उनले महिला सदस्यलाई सामाजिक समावेशीकरणको अभिमुखीकरण गर्दा आगामी दिनमा तय हुने वार्षिक बजेट र नीति तथा कार्यक्रमलाई लैंगिकमैत्री बनाउन प्रभावकारी हुने धारणा राखे। 

प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपालकृष्ण न्यौपानेले नेपालको संविधानले अवलम्बन गरेको समावेशीकरणको अवधारणामा रहेर योजना तथा बजेट निर्माणका विषयमा केन्द्रित रहेर सामाजिक समावेशीकरणसम्बन्धी नीतिगत व्यवस्थाका लागि काम गर्न सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस