३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति यादवसँग नर्वेली राजदूत ड्रामडलको भेटवार्ता

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेटवार्ता गरेकी छन् । 

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा मंगलबार भएको भेटमा शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, विकास सहयोगलगायतका विषयमा संवाद भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले भने, ‘‘नर्वे नेपालको घनिष्ठ मित्रराष्ट्र हो । सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र नर्वेबिचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहाद्र्रपूर्ण रही आएको छ ।’’ उनले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरू रहेको बताए ।

‘‘विकास साझेदारको रूपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ,’’ उनले भने, ‘‘नर्वे सरकारले विशेष गरी नवीकरणीय ऊर्जा, शिक्षा तथा सुशासनको क्षेत्रमा गरेका कामहरू हाम्रा लागि उपयोगी छन् ।’’ 

उपराष्ट्रपति यादवले नर्वेले बहुपक्षीय मञ्चहरूमा, अन्तर्राष्ट्रिय मुद्दाहरू जस्तै राष्ट्रसंघीय शान्ति कार्य तथा जलवायु परिवर्तन जस्ता क्षेत्रहरूमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै आपसी हितका विषयहरूमा दुई पक्षीय र बहुपक्षीय मञ्चहरूमा हाम्रो सहकार्य निरन्तर कायम रहने विश्वास व्यक्त गरे । 

‘‘जलवायु परिवर्तनलगायत विश्व परिवेशमा देखा पर्न सक्ने अन्य जल्दाबल्दा मुद्दामा केन्द्रित रही विश्वस्तरमा बहस चलाउने उद्देश्यका साथ नेपालले सगरमाथा संवादका लागि संवाद मञ्च स्थापना गरेको छ ।,’’ उनले भने, ‘‘उक्त संवाद मञ्चको पहिलो संस्करण १६-१८ मे २०२५ सम्म काठमाडौँमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुने भएकाले त्यसमा नर्वेबाट उच्चस्तरको सहभागिता रहने अपेक्षा छ ।’’

उपराष्ट्रपति यादवले महामहिम राजदूत मार्फत नर्वेको संविधान र राष्ट्रिय दिवसका अवसरमा नर्वेली जनताको सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरे ।

नेपालका लागि नर्वेकी राजदूत तोरुन ड्रामडलले नेपालसँग नर्वेको मैत्रीपूर्ण र सौहाद्र्रपूर्ण सम्बन्ध रही आएको बताइन् । ‘‘नेपालको विकासमा नर्वे प्रमुख विकास साझेदारमध्येको एक हो ।,’’ उनले भनिन्, ‘‘नर्वेले नेपालको जलविद्युत, हरित ऊर्जालगायतका क्षेत्रमा सहयोग गरिरहेको छ ।’’

उनले नेपालको मौलिक पहिचानसहितको सांस्कृतिक विविधता अतुलनीय रहेको उल्लेख गदै आफ्नो कार्यकालमा यी सांस्कृतिक विविधतालाई अत्यन्तै नजिकबाट अवलोकन गर्न पाउँदा खुशी लागेको बताइन् । उनले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद प्रशंसनीय कार्य भएको जनाउँदै उक्त संवादमा नर्वेको सक्रिय सहभागिता रहने बताइन्।

प्रतिक्रिया दिनुहोस