३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधि सहभागी हुने

अ+ अ-

काठमाडौँ । सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् ।

मंगलबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने जानकारी गराइन् ।

उनले संवादमा ३ सय ५० जना सहभागी रहने जानकारी दिइन् । सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूको उपस्थिति रहने बताइन् । संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको बताइन् ।

मन्त्री राणाका अनुसार संवादको तयारी अन्तिम चरणमा पुगेको छ । तयारीस्वरुप सरकारले करिव १० वटा पूर्व संवाद कार्यक्रम आयोजना गरेको उनले बताइन् ।

जसअन्तर्गत जुम्लामा हिमाली डायलग, काठमाडौंमा वायु संवाद, प्रि–संवाद लगायत रहेका छन् । तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

परराष्ट्र मन्त्री डा. राणाले कार्यक्रममा पाहुनाहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको छ भने संवादसम्बन्धी तयार पारिएको चिनारीयुक्त भिडियो प्रस्तुत गरिनेछ ।

चीन र भारतबाट प्रतिनिधित्व गर्ने र कोप २९ का अध्यक्ष एवं अजरबैजानका राष्ट्रपतिका जलवायु विषय सम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने मन्त्री राणाले बताइन् ।

१.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैंगीक र अन्तरपुस्तागत समानता लगायतका १२ वटा विभिन्न विषयमा छलफल हुनेछ । कार्यक्रमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नु रहेको बताइन् ।

सगरमाथा संवाद ‘जलवायु परिवर्तन: हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित सञ्चालन भइरहेको सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस