२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

अ+ अ-

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास गरेका छन् ।

बुद्धजयन्तीको अवसरमा आज महान्यायाधिवक्ता बडालले उक्त भवनको शिलन्यास गर्दै सरकारी वकील कार्यालयको भवन निर्माण प्रारम्भ गर्नु महत्वपूर्ण उपलब्ध भएको बताए ।

“पाटनको भवन निर्माण महत्वपूर्ण उपलब्धि हो, कामकाजमा सहज हुनेछ”, उनले भने “कार्यालयको भवन निर्माणको समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न जरुरी छ ।”

उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश लालबहादुर कुँवरले कार्यालयको कार्यबोझ समेतको आधारमा आत्यवश्यक रहेको नयाँ भवन निर्माणले त्यस कार्यालयबाट सम्पादन हुने कार्यमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

पाटनका सहन्यायाधिवक्ता शंकर खत्रीले कार्यालयको भवन शिलान्यासको चरणसम्म पुर्‍याउन, जग्गा प्राप्ति, भवनको डिजाइन, डिपिआर तथा स्रोतको सुनिश्चितता गर्न सहयोग र सहकार्य गने सम्पूर्ण सरोकारवाला निकाय, पदाधिकारी तथा महान्यायाधिवक्ताको कार्यालयलाई विशेष धन्यवाद ज्ञापन गरे ।

करिब रु. २६ करोडको लागतमा निर्माण प्रारम्भ गरिएकोमा उच्च सरकारी कार्यालय, पाटनको आधुनिक शैलीको साततले भवन निर्माण हुनेछ । कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता, ललितपुरका प्रमुख जिल्ला अधिकारी, उच्च अदालत पाटनका न्यायाधीश तथा रजिष्ट्रार, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख, उच्च अदालत पाटन बार इकाईका अध्यक्ष समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस