२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र’: मुख्यमन्त्री आचार्य

अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध जन्मभूमि लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको बताएका छन् ।

पच्चीस सय ६९ औँ बुद्ध जयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रदेशवासीसँगै सम्पूर्ण नेपाली जनताको सक्रिय सहभागिता र सहकार्यमा मात्र लुम्बिनीको दीर्घकालीन र दिगो विकास सम्भव हुने विश्वास व्यक्त गरेका छन् । उनले भगवान् बुद्धका उपदेशहरूबाट प्रेरणा लिएर सामाजिक सद्भाव, सहिष्णुता, एकता र समर्पणको भावना फैलाउन आग्रह समेत गरेका छन् ।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यका साथ प्रदेश सरकार अघि बढिरहेको समेत उनले उल्लेख गरेका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्र विन्दुमा राखी कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लालाई समेटेर ‘बुद्ध सर्किट’ निर्माण गर्ने र समग्र १२ जिल्लालाई समेट्ने ‘लुम्बिनी पर्यटन सर्किट’ को अवधारणालाई कार्यान्वयन गर्ने संकल्प गरिएको उनले उल्लेख गरे ।

“लुम्बिनीको समग्र विकासका लागि तयार पारिएको गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित छ”, मुख्यमन्त्री आचार्यले सन्देशमा भनेका छन्, “ बुद्धले प्रतिपादन गरेको अहिंसा, सदाचार र शान्तिको मार्गदर्शनले व्यक्ति, समाज, राष्ट्र र विश्वकै कल्याणमा सकारात्मक प्रभाव पार्ने छ भन्ने दृढ विश्वास लिएको छु ।”

उनले लुम्बिनीको पूर्वाधार, पहुँच, पर्यटन प्रवर्द्धन र विश्व समुदायसँगको सहकार्यका माध्यमबाट लुम्बिनीलाई विश्व स्तरीय गन्तव्य स्थल बनाउन तीव्र प्रयास भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस