२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक स्तरोन्नति धमाधम 

अ+ अ-

 बागलुङ । बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र स्तरोन्नति भइरहेका तीन सडकमध्ये पहिलो खण्डको कालोपत्र गर्न सुरु गरिएको हो । ठेक्का सम्झौताको १० महिनामा नै सडक स्तरोन्नति सकेर कालोपत्रको काम थालिएको हो ।

नगरका तीन सडकमध्ये पहिलो सडक गणेश थान घुम्तीबाट निरयघाटसम्मको सडक कालोपत्र गर्न थालिएको छ । ठेक्का सम्झौता भएको १० महिनामा नै कालोपत्रको थालिएको इन्जिनियर मनोज शर्माले जानकारी दिए । उनका अनुसार तीन सडकको एकमुष्ट भौतिक प्रगति १० महिनामा ७० प्रतिशत रहेको छ । तेस्रो खण्डमा दुई किमी मात्र सडक स्तरोन्नतिको काम बाँकी छ । पहिलो खण्डको सडक कालोपत्र थालिएको छ ।

विश्व बैंकको अनुदानमा उक्त सडकको दुई खण्ड धमाधम स्तरोन्नतिको काम भइरहेको छ । एउटा खण्डमा कालोपत्र सुरु भएको छ । सडक १० महिनामै कालोपत्र हुनु सुखद् रहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए।

यस्तै बागलुङ नगरपालिका–७ मुलपानीबाट तितौरासम्मको ८।६ किलोमिटर सडक तथा वडा नं ४ ओडार चौरबाट ढोडेनीसम्म २।२ किलोमिटर सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । बागलुङ–१ रामरेखास्थित गणेश थान घुम्तीबाट नीरयघाटको १.५ किमी सडक कालोपत्र सुरु भएको हो । तीनवटै सडक कालोपत्र गरिए स्थानीयलाई आवतजावतमा सहज हुने छ । उक्त सडकको गणेश थानबाट निरयघाटसम्मको सडक फुटपाथसहित बनाइएको छ । बागलुङ नगरपालिकाको उक्त सडक हालसम्मकै नमूना हुने गरी स्तरोन्नतिसहित कालोपत्र गर्न विश्व बैंकले बागलुङ नपासहित देशभरका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो ।

स्तरोन्नतिसँगै कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवासँग २०८१ जेठमा एक वर्षमा सम्पन्न गर्ने गरी रु. ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको हो । बि.सं.२०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भए पनि गत जेठमा मात्र ठेक्का सम्झौता भएको थियो । 

प्रतिक्रिया दिनुहोस