२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ’-मुख्यमन्त्री पाण्डे

अ+ अ-

 कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरणका लागि निरन्तर रूपमा लागिरहेको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाज कास्कीको १०औँ अधिवेशन तथा भ्रष्टाचार न्यूनीकरण र सुशासनबारे आयोजित गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उनले संस्थागत रूपमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन र भ्रष्टाचार निरुत्साहित गर्न आफू लागिरहेको बताए ।

मुख्यमन्त्री पाण्डेले समाजमा हुने विकृति हटाउन र नेपाली जनतालाई सुशासन दिन प्रदेश सरकार प्रयत्नशील रहेको र संगठित आवाजलाई बलियो बनाउन सके यसमा थप सघाउ पुग्ने उल्लेख गरे । 

संविधानविद् प्राडा विपिन अधिकारीले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रशासनिक निकाय चुस्त दुरुस्त हुनुपर्नेमा जोड दिए । नेपालको न्याय प्रणालीमा ढिलासुस्ती हुँदा नेपाली जनतामा न्यायालयप्रति निराशा देखिने गरेको उनको भनाइ थियो । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले देशमा आर्थिक र नैतिक रूपमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । लोकतन्त्रमा जनता नै प्रमुख हुन्छन् भन्ने मनन गरेर सरकार अगाडि बढ्नुपर्ने बताए ।

नेपाली काँग्रेसका नेता सोवियतबहादुर अधिकारीले समाजमा सुशासन स्थापना गर्न सके मात्र दलहरूले जनताको मन जित्न सक्ने बताए ।

कार्यक्रममा संस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रजातान्त्रिक विचार समाजका केन्द्रीय उपाध्यक्ष वासुदेव भण्डारीलाई सम्मान गरिएको थियो । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने विचार समाज कास्कीका अध्यक्ष वीरबहादुर कार्कीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस