काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको आन्दोलनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
चैत १५ गते भएको उक्त आन्दोलनमा संलग्न थप एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने ३९ वर्षीय मनबहादुर कालामगर छन्।
उनले राष्ट्रिय मानवअधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण र दुर्व्यवहार गरेको आरोप छ।
त्यस्तै उनले सरकारी गाडी तोडफोड, आगजनीमा समेत संलग्न रहेको आरोप छ।