काठमाडौँ । भारतको उत्तराखण्डस्थित उत्तर काशीमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।
आज बिहान देहरादुनबाट हर्सिल भन्ने ठाउँ जाँदै गरेको हेलिकप्टर गंगोत्रीभन्दा पर भागिरथी नदी नजिक पहाडी क्षेत्रमा दुर्घटना भएको हो ।
हेलिकप्टरमा सात जना सवार थिए । तीमध्ये पाँच जनाको मृत्यु र दुई जना घाइते भएको समाचार एजेन्सी जनाएको छ ।
दुर्घटनाको कारण खुलेको छैन । मृतकको परिचय पनि खुलेको छैन ।
दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी, राष्ट्रिय विपद् प्रतिक्रिया बल, राज्य विपद् प्रतिक्रिया बल र अन्य उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन्।