काठमाडौँ । लेकम गाउँपालिकामा कार्यरत शिक्षा अधिकृत केशवराज ओझाको दुर्घटनामा मृत्यु भएपछि मंगलबार गाउँपालिकामा शोक बिदा दिइएको छ ।
गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखसमेत रहेका ओझाको मृत्युपछि गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरूमा शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले बताए ।
गएको सोमबार शैक्षिक कार्यक्रम सम्पन्न गरी चौपाता लेक्म-४ बाट घर फर्किँदै गर्दा गोदाली सोही पालिकाको वडा नम्बर चारमा माथिबाट खसेको ढुंगाले पिठ्युँमा लागेको कारण गम्भीर घाइते भएका ओझालाई तत्काल उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो।
अस्पतालबाट डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
