काठमाडौँ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालय र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘बिजनेस इन्क्युबेसन बुटक्याम्प २०२५’ सुरु भएको छ । चार दिनसम्म चल्ने बुटक्याम्पको विश्वविद्यालय उपकुलपति प्रा. डा. शारदा थपलियाले शुभारम्भ गरिन् ।
बुटक्याम्पका लागि कुल ३९ टिमहरूले आवेदन दिएकोमा २० टिम छनोट छानिएका थिए । प्रत्येक टिममा ३ देखि ६ जना विद्यार्थीहरूका दरले ८४ जना विद्यार्थीहरू सहभागी छन् । तर, हरेक टिमबाट २ जना प्रतिनिधिहरूले प्रशिक्षण लिने र उनीहरूले सिकेको ज्ञानका आधारमा अरु विद्यार्थीहरूलाई पनि उद्यमशील बनाउन सहयोग पुग्ने अपेक्षा विश्वविद्यालयले गरेको अनुसन्धान तथा प्रसार निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार बुटक्याम्पको उद्देश्य विद्यार्थीहरूमा उद्यमशील सोचको विकास गर्नुका साथै कृषि व्यवसायका अवसर तथा चुनौतीहरू बुझाउँदै व्यवहारिक योजना बनाउने क्षमताको विकास गरी भविष्यमा सफल उद्यमी बन्न दिशा देखाउने रहेको छ ।